द क्लिफ रिसोर्ट बाग्लुङको गुलेली पिङ अब काठमाडौको भोजघरमा



काठमाडौ । पछिल्लो समय फरक फरक शैलीका पिङ बनाएर आन्तरिक पर्यटक आकर्षित गर्ने होड नै चलेको छ । द क्लिफ रिसोर्ट बाग्लुङमा बनेको नेपालकै पहिलो गुलेली पिङले निकै चर्चा बटुल्यो । क्लिफकै प्राविधिक सहयोगमा गुलेली पिङ काठमाडौ गैरीधारास्थित भोजघरमा निर्माण गरिएको छ ।

जमिनबाट २५ फिट अग्लो बनाइएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्तिने गरी छाड्छ अनि  पिङ मचिन्छ। भोजघरका विभिन्न प्यकेज अफरमा पिङ निःशुल्क राखिएको छ ।

पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने भोजघरका प्रबन्धक मोहन बस्नेतले जानकारी दिए । चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरी निर्माण गरिएको बस्नेत बताउँछन् । 

पिङ सञ्चालनमा ल्याएको भोजघर २ वर्षदेखि काठमाडौ गैरिधारामा कटिया, नेवारी, टिपिकल नेपाली र कन्टिनेन्टल खाना सेवा गर्दै आएको रेस्टुराँ हो । १४० वर्ष पुरानो घरमा बाँकी संरचना थपेर बनाइएको रेस्टुराँमा स्टिम बीबीक्यू विशेष आकर्षण रहेको छ । २ सय क्षमताको हल समेत भएको रेस्टुराँमा बर्थडे मनाउँदा केक निःशुल्क उपलब्ध हुन्छ । 

दोश्रो लकडाउनपछि नयाँ ब्यवस्थापनका साथ सन्चालनमा आएको रेस्टुरेन्टमा लाइभ किचेन, विदा लक्षित साँस्कृतिक कार्यक्रम र कृषक बजार सञ्चालनको तयारी रहेको बस्नेतले जानकारी दिए ।


क्लिकमान्डु