सिनर्जी पावर डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले सेयरधनीलाई हकप्रद जारी गर्ने भएको छ । यसका लागि कम्पनीको बिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ ।

कम्पनीले हाल बोनसपछि कायम भएको कुल चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ताको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले हुन आउने ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले यसका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।


क्लिकमान्डु