सहुलियत पसलमा खसी केजीमा १० र चिनी ५ रुपैयाँ सस्तो



काठमाडौं । दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गरी सरकारले सञ्चालन आगामी असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म देशका विभिन्न ३९ वटा पसल सञ्चालन गर्दैछ ।

यसका लागि सरकारले ३ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन समेत गरिसकेको छ । जसमध्ये १ करोड ५० लाख रुपैयाँ र खाद्य कम्पनीलाई १ करोड ७५ लाख रुपैयाँ बिनियोजन गरिसकेको छ ।

सरकारले सञ्चालन गर्दै आएको सहुलियत बजारमार्फत् यो वर्षको दशैंतिहारको चाडपर्वमा खसीबोकाको मासुमा १० रुपैयाँ छुट पाइनेछ । सहुलियत पसलमा चामल मोटा÷मसिनोमा प्रतिकेजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिनेछ ।

त्यसैगरी देशका विभिन्न स्थानहरूमा नुनमा प्रतिकेजी २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, दुग्ध विकास संस्थाबाट वितरण हुने दुध, पनिर, घिउमासमेत संस्थाले तोके बमोजिमको रकम छुट दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरी खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । साथै चाडपर्वको समयमा खरिद, बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मूल्य, गुणस्तर र तौललगायतका विषयमा कार्ययोजना बनाई थप सघन र संयुक्त अनुगमन गर्र्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु