यी हुन् नेपालले वस्तु निर्यात गर्ने मुख्य देशहरू



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै उच्च आयात निर्यात भएको छ । नेपालले पहिलो महिनामै १ खर्ब ७१ अर्ब ५० करोडको वैदेशिक व्यापार गरेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालको कुल निर्यात ११५.९ प्रतिशतले वृद्धि भई २० अर्ब ७७ करोड तथा कुल आयातमा ७५.७ प्रतिशतले वृद्धि भई साढे १ खर्ब बढी रुपैयाँ रहेको छ ।

नेपालले पहिलो महिनामा १०२ देशसँग वैदेशिक व्यापार गर्दा ७० वटा देशमा मात्रै नेपाली वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । उक्त ७० देशमध्ये सबैभन्दा बढी निर्यात हुने देशहरू कम मात्रामा छ ।

नेपालको वैदेशिक व्यापार भारतको ठूलो हिस्सा रहेको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा रहेको भारतमा चालु आवको साउन महिनामा १६ अर्ब ८७ करोडको वस्तु तथा सेवा निर्यात भएको छ । जुन निर्यातित वस्तुको अधिकांश हिस्सा भारतको रहेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ६ अर्ब ३२ करोडको मात्रै निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा १६७ प्रतिशतले बढेर निर्यातित मूल्य हालसम्मकै उच्च रहेको छ ।

त्यसैगरी नेपालबाट उत्पादित वस्तु तथा सेवा निर्यात हुने भारतपश्चात अमेरिका रहेको छ । अमेरिकामा १ महिनाको अवधिमा नेपालबाट १ अर्ब ५४ करोडको निर्यात भएको छ । त्यसैगरी, जर्मनीतर्फ ३६ करोड, टर्कीमा २९ करोड, बेलायतमा २९ करोड, फ्रान्समा २० करोड, जापानमा १५ करोड, अष्ट्रेलियामा १२ करोडको निर्यात भएको छ ।

त्यस्तै नेपालबाट इटली र क्यानाडामा ९ करोड, चीनमा ८ करोड, नेदरल्यान्डमा ६ करोड, डेनमार्क र बंगलादेशमा ५÷५ करोडको र अन्य ५६ वटा देशमा ५२ करोडको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ ।


क्लिकमान्डु