९ कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले १ वर्षको अवधिका लागि ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै ती कम्पनीहरुलाई कालोसूचीमा राख्दै १ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाइने गरी कालोसूचीमा राखेको जानकारी गराएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा लर्ड शिवा जेनरल सप्लायर्स जनकपुरधाम, जीके रेहान एण्ड सुन्दरा जेभी पञ्चकन्या नुवाकोट, नेपालय आर्किटेड एण्ड बिल्डर्स प्रालि काठमाडौं, नुरानी कन्स्ट्रक्सन इनरुवा, फ्रेन्डस् अर्बिट कन्स्ट्रक्सन सर्भिसेस कन्काई, जलदेवी निर्माण सेवा नुवाकोट, भंगेरी निर्माण सेवा सोलुखुम्बु, न्यू बेलासपुर कन्स्ट्रक्सन दैलेख र साथीभाई निर्माण सेवा ललितपुर रहेका छन् ।


क्लिकमान्डु