अब मोबाइलमा सिम कार्ड हाल्ने झण्झट हट्दै, इ-सिमले यसरी गर्नेछ काम



एजेन्सी । अब मोबाइल फोनमा सिम कार्ड नै नचाहिने भएको छ । सिम कार्ड किन्ने झन्झट हट्न लागेको छ । विज्ञान तथा प्रविधिले गरेको विकासले सिमकार्डबिना नै फोन प्रयोग गर्न सकिने भएको छ ।

टेलिकम सेवा प्रदायक समेत फरक फरक रहेकाले उनीहरु परिवर्तन गर्न चाहेमा समेत सहजै गर्न सकिने सुविधा रहेको छ ।

सिम कार्ड हरायो, वा बिग्रियो भनेर हुने तनाव समेत नहुने देखिन्छ । इ-सिमले अपरटेर परिवर्तन गर्दा दोस्रो सिम कार्ड लिने झण्झट समेत नपर्ने देखिन्छ । खासमा इ सिमिलाई भर्चुअल सिमको नाम दिइएको छ ।

विशेषगरी छिमेकी देश भारतमा समेत यसको प्रचलन शुरु भइसकेको छ । भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक जियोले इ–सिम कार्यान्वयनमा ल्याइसकेको छ । एप्पल, सामसुङ, गुगल, मोटोरोला जस्ता स्मार्ट फोनमा इ-सिमको सुविधा रहेको छ । ती कम्पनीको मोबाइलमा इ–सिम सपोर्ट गर्ने विवरणहरु सार्वजनिक भएका छन् ।

भविष्य समेत इ–सिममा नै केन्द्रीत भएको छ । इ-सिम मोबाइल फोनमा रहेको एक प्रकारको भर्चुअल सिम हो ।

यो सिम कार्ड जस्तो कार्ड भने होइन । यदि तपाईले इ-सिम लिनुभयो भने तपाईले फोनमा कार्ड राख्नु पर्दैन । इ-सिम टेलिकम कम्पनीले ओभर द एयर एक्टिभेट हुन जान्छ । तर, त्यसमा तपाईंले आफनो सिम कार्डको जस्तै फिचरसमेत पाउन सक्नुहुन्छ ।

इ–सिम कार्डको राम्रो कुरा यो हो कि तपाईले अपरेटर बदल्न खोजेको खण्डमा सजिलै परिवर्तन गर्न सक्नुहुन्छ । यस्तै फोन असाध्यै बढी मात्रामा तात्यो वा पानीमा पर्यो भने पनि कुनै समस्या हुँदैन । यस्तै, तपाईको सिम कार्डले काम गरेन भने पनि त्यसमा कुनै समस्या पर्दैन । किनकी, यो एक प्रकारको एप हो । सोही एपका माध्यमबाट तपाईंको फोन चल्छ । सिम कार्ड चाहिदैन ।

भारतमा यस प्रकारको सिम कार्डको प्रयोग शुरु भइसकेको छ । यस्तै, विभिन्न मोबाइल फोन समेत त्यस्तो सिम सपोर्ट गर्ने आइसकेका छन् ।

सामसुङको ग्लोक्सी नोट २० नोट २० अल्ट्रा, सामसुङ ग्लोक्सी एस २१, ५ जी जस्ता मोबाइल फोनमा यो सिम कार्ड सपोर्ट गर्छ । एप्पलको ११, आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्समा पनि इ सिम सपोर्ट गर्छ ।

मोटोरोलाको रेजर र रेजर ५ जीमा समेत इ-सिमले काम गर्छ । गुगलको पिक्सेल ३ ए, गुगल पिक्सेल ३ ए एक्स एल , गुगल पिक्सेल ३ एक्स एललगायतका मोबाइल फोनमा समेत इ-सिमले काम गर्छ ।


क्लिकमान्डु