सुजुकीले ल्यायो दशैं तिहार लक्षित ‘सुजुकी पर्वोत्सव ग्राहक योजना’



काठमाडौं । सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर शुरु गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्चेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस र १ वर्षको सवारी बीमाका साथै स्क्रयाच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्नेछन् ।

सुजुकीका मोडलअनुसार फरकफरक छुटहरु र क्लियरेन्स मोडलमा विशेष छुट पनि ग्राहकले पाउन सक्नेछन् ।

यो योजना सीमित अवधिका लागि सुजुकी शोरुमका मुलुकभर रहेका ३८ वटै शोरुममा लागू हुनेछ ।

सुजुकी ब्रान्ड अन्तर्गत एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ट्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारीलगायतका मोडलमा गाडीका बिक्री वितरण भइरहेको छ ।


क्लिकमान्डु