टेलिटकलाई नेपालको आधिकारिक केयर सेन्टरको रूपमा नियुक्त गरिँदै



काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटकले ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर शुरु गरेको छ ।

ग्राहकबाट नोकिया उत्पादनहरुको बढ्दो मागले कम्पनीलाई वान–स्टप टेक्निकल सपोर्ट प्रदान गरी यो केयर सेन्टर खोल्न प्रेरित गरेको हो । अब ग्राहकहरुले आफ्नो स्मार्टफोनका मर्मतको समस्याहरु सेवा केन्द्रबाट बिना कुनै ढिलाइ सजिलै समाधान गर्न सक्ने भएका छन् ।

‘केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मत सम्बन्धी सबै सेवाहरु प्रदान गर्नेछ । सेवा केन्द्र राम्रो प्रशिक्षित व्यवसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ,’ टेलिटकका प्रतीक जलानले भने ।


क्लिकमान्डु