एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता



काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच आइतबार तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।


क्लिकमान्डु