नेपाल सरकारको १५ अर्बको विकास ऋणपत्र नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल सरकारले जारी गरेको १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।

विकास ऋणपत्र २०८३ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ ।

असार २३ गते निष्कासन भएको उक्त ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्रको ब्याजदर ४.३७ प्रतिशत रहेको छ । साथै साँवा भुक्तानी २०८३ असार २३ गते पाइनेछ ।


क्लिकमान्डु