आइजीआईले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले बोनश शेयर वितरणपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्नका लागि गत बिहिबार नेपाल घितोपत्र बोर्डमा निवेदन दर्ता गरेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ छ। ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ।


क्लिकमान्डु