सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा भरतपुरको हाकिमचोकमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।


क्लिकमान्डु