सानिमा बैंकले तीजको अवसरमा ल्यायो विशेष योजना



काठमाडौं । तीज पर्वको अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
साथै, पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यास ब्याक प्रदान गरिनेछ । यसका अतिरिक्त ५०० रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिनेछ ।

यो योजना भदौ ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।

उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।


क्लिकमान्डु