एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने



काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने भएका छन् ।

एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत्सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु