मनास्लु हिमाल आरोहणका लागि ५२ जनाले पाए अनुमति



काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि ५२ जनाले अनुमति प्राप्त गरेका छन् । ८ हजार १६३ मिटर उचाइ भएको माउन्ट मनास्लु आरोहणका लागि ४ समूहले हालसम्म अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ ।

जसमा अगष्ट ३१ मा २५ जना र सेप्टेम्बर १ तारिखमा २७ जनाले हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका हुन् । मनास्लु हिमाल आरोहणका लागि २७ जनालाई अनुमति दिएवापत विभागले ५६ लाख रुपैयाँ राज्सव संकलन गरेको छ ।

५२ जनामध्ये ९ जना महिला रहेका छन् ।


क्लिकमान्डु