आइफोन १३ मा नयाँ सुविधा, नेटवर्क नभएपनि कल र म्यासेज गर्न सकिने



एप्पलले आइफोनको नयाँ सिरिज आइफोन १३ यही महिनामा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ आइफोनको पर्खाइसँगै आइफोन प्रेमीले नयाँ फिचरलाई लिएर विभिन्न अनुमान गर्न थालेका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारलाई पत्याउने हो भने एप्पलले आइफोनको १३औं संस्करणमा स्याटेलाइट टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरेको छ ।

एप्पल एनालिस्ट मिंग ची कूका अनुसार आइफोन १३ लो अर्थ अरबिट अर्थात् एलईओ स्याटेलाइट कम्युनिकेसन फिचरका साथ आउनसक्छ । यसको मद्दतले नेटवर्क नभए पनि कल गर्न र म्यासेजन पठाउन सकिने सुविधा थप हुनेछ ।

सन् २०१९ मा नै ब्लूमबर्गले एप्पलले चाँडै नै एलइओ स्याटेलाइट कम्युनिकेसन मोडको प्रयोग गर्दै डेटा ट्रान्सफरलाई तीव्र बनाउने बताइसकेको थियो ।

कम्पनीले यसको प्रयोग आइफोन १३ मा मात्रै नभएर एआर हेडसेट, एप्पल कार र एप्पलका अरु उत्पादनहरुमा पनि गर्ने अनुमान गरिएको छ ।
एलइओ स्याटेलाइट कम्युुनिकेसन फिचरले क्वालकम एक्स६० बेसव्याण्ड मोडम चिपको मद्दतले काम गर्नेछ । एलइओ मोडको मद्दतले फोनकल र मेसेज आदानप्रदान गर्न सकिनेछ ।

यी फिचरहरु इमरजेन्सीका लागि मात्रै ल्याउन लागिएको हो । यसमा एप्पलले ग्राहकबाट अतिरिक्त भुक्तानी लिन्छ कि लिँदैन भन्ने अहिले नै यकिन भइसकेको छैन ।

आइफोन १३ मा अर्को अपडेटपनि गरिने भएको छ । यसलाई आइफोन १२एस पनि भनिनेछ । आइफोन१३ का चारवटा मोडल हुने अनुमान गरिएको छ । जसमा आइफोन१३ मिनी, आइफोन१३, आइफोन१३ प्रो र आइफोन१३ प्रो म्याक्स रहेका छन् ।

प्रो मोडल १२० हर्ज प्रो मोशन एलटीपीओ ओएलइडी डिस्प्लेसँगै आउनेछ जुन एप्पलका लागि सामसुङले बनाउँदै छ । आइफोन१३ पनि एप्पल ए१५ बायोनिक प्रोसेसरसहित आउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु