नेप्से परिसूचकमा भारी गिरावट, ५० अंकले घट्दा साढे ९ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । सबै उपसमूहमा गिरावट देखिएको छ ।

नेप्से परिसूचक ५०.०३ अंकले घटेर २९२६.९९ विन्दुमा सीमित भएको छ । यो दिन १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता सेयर ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँमा कारोबार भएको छ । यो दिनको कारोबारमा ३६ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । साथै १८२ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

यो दिनको कारोबारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमा ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

उपसमूहतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी समूहमा उल्लेख्य गिरावट देखिएको छ ।


क्लिकमान्डु