एनआईसी एशिया बैंकको मोबाइल एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन पाइने



काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत् २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

बैंकले भदौ १६ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुने योजना सार्वजनिक गरेको हो । जसमा बैंकका ग्राहकले बैंकको मोबाइल एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँमा निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप बैंकमार्फत् नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने छ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा बिस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टबाट सहजै रकम झिक्न सकिनेछ ।


क्लिकमान्डु