डिप्रोक्स लघुवित्तले २१% लाभांश दिने



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमा कम्पनीले २० प्रतिशतका दरले २३ करोड १२ लाख ४९ हजार ७२२ रुपैयाँ १४ पैसा बराबरको बोनस सेयर दिने निर्णय गरेको छ भने बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत अर्थात् १ करोड २१ लाख ७५ हजार २९७ रुपैयाँ ८७ पैसा नगद लाभांश दिने निर्णय गरेको छ ।

सेयरधनीहरुले उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।


क्लिकमान्डु