प्रभु बैंक र गेट कलेजबीच शैक्षिक कर्जा प्रवाह गर्न सम्झौता



काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी (गेट) कलेजबीच शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बुधबार बैंकका सीइओ अशोक शेरचन र कलेजका सीइओ खेमराज लकाईले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।

सम्झौताअनुसार होटल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।


क्लिकमान्डु