अघि बढ्यो पाँचतारे समिट होटलसहित लक्जरी अपार्टमेन्टको निर्माण कार्य



काठमाडौं । ललितपुर कुपण्डोलमा रहेको रहेको समिट होटल भत्काएर निर्माण गरिने होटलसहित अपार्टमेन्टको निर्माण कार्य अगाडि बढेको छ । कम्पनीले अपार्टमेन्ट र होटल निर्माणका लागि छुट्टाछुट्टै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयरीको गरी काम अगाडि बढाएको हो ।

कम्पनली बुधबार एक सुचना जारी गर्दै उक्त अपार्टमेन्ट १६ हजार १९१.१५ वर्गकिलोमिटरको समिट अपार्टमेन्ट निर्माण तथा सञ्चालन गर्ने जनाएको छ । ‘द समिट होटल एण्ड रेसिडेन्स’ नाम दिइएको उक्त परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्न प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारण गर्न राय सुझाव दिन अनुरोध गरेको छ ।

कम्पनीले मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीको के कस्तो प्रभाव पर्दछ भन्ने सुझावसहित स्थानीयलाई ७ दिनभित्रमा दिन भनेको छ ।

त्यसैगरी कम्पनीले समिट होटल ११३ कोठासहित २ सय शैय्या क्षमताको समिट होटल निर्माण गर्ने सुचनामा उल्लेख छ । उक्त होटलको पनि कम्पनीले विभिन्न प्रभावसहित स्थानीयवासीलाई ७ दिनभित्र सुझाव दिन अनुरोध गरेको छ । कम्पनीले आगामी असोजबाटै परियोजना निर्माण थालिने जनाएको छ ।

समिट होटलमा एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ, विनोद चौधरी (चौधरी समूह÷सीजी) र अमृतरत्न शाक्यको संयुक्त लगानी रहेको छ ।

श्रेष्ठ, चौधरी र शाक्यको संयुक्त स्वामित्व रहेको समिट होटल प्रालिले विगतको दिनमा होटल रहेकालाई नयाँ स्वरुपमा पाँचतारे होटल र अपार्टमेन्ट सँगसँगै निर्माण गर्न लागेको हो ।

कम्पनीले आर्केटेकका लागि सिंगापुरको आर्किटेक्ट कम्पनी मेनहार्डट इन्फ्रास्ट्रक्चर पीटीई लिमिटेडले निर्माण गर्ने भएको छ । आर्किटेक्ट कम्पनीले निर्माण गर्ने नयाँ संरचनाको कन्सेप्ट, साइट प्लान र सेक्सन कम्पनीले सार्वजनिक गरिसकेको छ ।


क्लिकमान्डु