उपत्यकामा अब स्मार्ट लकडाउन, व्यापार व्यवसाय गर्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने

784
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा अब स्मार्ट लकडाउन लागू हुने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै अब स्मार्ट लकडाउन लागू हुने जानकारी दिएको छ ।

जसमा शैक्षिक संस्थाले भौतिक उपस्थितिमा अध्यापन गराउन नपाउने तर गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड संकट व्यस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने उल्लेख छ ।

साथै अनावश्यक मानिस जम्मा हुने भिडभाड गर्ने, सभा जुलुस गर्ने, यात्रा महोत्सव, भोजआदि गर्न भने पाइने छैन । कार्यालयले यस अवधिमा चाडपर्वमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मात्रै मनाउन पनि आग्रह गरेको छ ।

साथै सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेछ ।

कार्यालयले स्थानीय ढुवानी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।