सरकारी कार्यालयको वेबसाइट निर्माण व्यवस्थापन सम्बन्धी निर्देशिका जारी



काठमाडौं । सरकारले ‘सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८’ जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै निर्देशिका जारी गरेको हो ।

जारी निर्देशिकामा सरकारी कार्यालयले अनिवार्य वेबसाइट निर्माण गरी सरकारी कार्यालयको वेवसाइटमा राखिने विषयवस्तु, वेवसाइटको निर्माण तथा प्रकाशन, वेवसाइटको प्रचार÷प्रसार, वेवसाइटको मूल्यांंकन, अद्यावधिक गर्ने, सुरक्षा परीक्ष गर्ने, सहयोग, समन्वय र अनुगमन गर्नेलगायत अन्य प्रावधानहरू समेटेका छन् ।

निर्देशिकामा कार्यालयका सम्पूर्ण परिचय, कर्मचारीको विवरणसहित फोन नम्बर, सूचना, टेण्डर, कामसँग सम्बन्धित लिंक, तथ्याङ्कहरू, वार्षिक प्रतिवेदन, बजेट र योजनासँग सम्बन्धित कागजातहरू समावेश गर्नुपर्ने उल्लेख छ ।

सरकारले कार्यालयले सूचना प्रविधि विभागबाट आफ्नो वेवसाइटको सुरक्षा र विश्वनीयताको सम्बन्धमा वर्षको कम्तीमा एक पटक गर्ने गरी आवश्यकता अनुसार सुरक्षा परीक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।


क्लिकमान्डु