नेप्से स्थिर, लगानीकर्ताको आकर्षण होटलमा, कारोबार रकम घट्यो



काठमाडौं । बुधबारको उचारचढाव बजारमा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक १.१८ अंकले बढेर २९७७.०२ अंकमा बन्द भएको छ । यो दिन १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन अधिकांश उपसूचकमा गिरावट देखिए पछि होटल तथा पर्यटनमा वृद्धि देखिएको छ । यो दिनको कारोबारमा ८३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा रुरु जलविद्युत् परियोजना, ओरियन्ट होटल्स, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनीलगायतका कम्पनी छन् । साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा खानीखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनी छन् ।


क्लिकमान्डु