डिसहोमले नेपाल र पीएनजीको खेल प्रत्यक्ष प्रसारण गर्ने



काठमाडौं । ओमानमा आयोजना हुने एकदिवसीय अन्तर्र्राष्ट्रिय सिरिजका २ वटा खेलको प्रत्यक्ष प्रसारण गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच सम्झौता भएको छ ।

यो सम्झौता अन्तर्गत नेपाल र पीएनजीबीच ओमानमा आयोजना हुने खेलहरु डिसहोमले एक्सन स्पोर्टस एचडी वान र डिसहोम ओटीटी एपमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ ।

एकदिवसीय सिरिज अन्तर्गतका दुई खेल भदौ २२ र २५ गते हुनेछन् । पहिलो खेल दिउँसो हुनेछ भने दोस्रो खेल नेपालका लागि पहिलो एकदिवसीय रात्री खेल हुनेछ ।


क्लिकमान्डु