विद्यासुन्दरको सहरमा फोहोरको डंगुर (फोटोफिचर)



काठमाडौं । दैनिकरुपमा व्यवस्थापन गर्नुपर्ने काठमाडौं उपत्यकाको फोहोर २ सातादेखि उठ्न नसक्दा उपत्यकाका चोक र गल्लीमा फोहोर थुप्रिएको छ ।

फोहोर व्यवस्थापन समयमा हुन नसक्दा उपत्यकाबासीले समस्या भोग्नु परिरहेको छ । फोहोरका कारण उपत्यकाको सौन्दर्य बिग्रिएको सर्वसाधारणको गुनासो छ ।

यस विषयमा काठमाडौं महानगरपालिकाका मेयरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर डम्पिङ साइट सिसडोल जाने बाटो बनाइदिन पनि आग्रह गरेका छन् ।

वर्षाका कारण सिसडोल जाने बाटो बिग्रँदा फोहोर बोक्ने सवारी त्यहाँसम्म पुग्न सकेका छैनन् ।

अन्य समयमा दैनिक १०० ट्रक फोहोर उठ्ने गरेकोमा हाल दैनिक ५० ट्रक मात्रै फोहोर व्यवस्थापन भइरहेको छ ।

फोहोर व्यवस्थापन नहुँदा ललितपुर महानगरपालिकाले सूचना नै प्रकाशित गरी केही दिन फोहोर नफाल्न आग्रह गरिसकेको छ ।
फोहोर बढ्दै जाँदा फोहोरको दुर्गन्धका कारण समस्या उत्पन्न भएको स्थानीयबासीको गुनासो छ ।

यद्यपि बुधबारदेखि भने उपत्यकाका सडकबाट फोहोर उठाउने गरी महानगरपालिकाले तयारी गरिसकेको बताएको छ ।


क्लिकमान्डु