कर्मा ग्रुपको लगानीमा काठमाडौंमा पाँच तारे होटल र अपार्टमेन्ट निर्माण हुँदै



काठमाडौं । काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन निर्माण हुने भएको छ । यसका लागि निर्माणको काम समेत शुरु भइसकेको छ । अमेरिकी दूतावास नजिकै निर्माण गर्न लागिएको यो होटल पाँच तारे डिलक्स होटलका रुपमा सञ्चालन हुनेछ ।

मेरियट अन्तर्गतको मेरिडियन होटल निर्माणका लागि एक साताअघि सम्झौता समेत भइसकेको छ । रेष्टुराँ, मनोरञ्जन क्षेत्रलगायतका क्षेत्रमा लगानी गरिरहेको कर्मा ग्रुपले होटल मेरियडिन निर्माण गर्न लागेको हो ।

मेरियटको चेन होटलका रुपमा हाल नक्सालमा होटल मेरियट सञ्चालनमा छ ।

होटलमा १७० वटा रुम हुनेछन् भने क्यासिनो पनि सञ्चालन हुनेछ । होटलमा बलरुम, बैंकट हल, रेष्टुराँ, लाउञ्ज एण्ड बार, जीम र साउन, स्वीमिङ पुललगायतका सुविधाहरु पनि उपलब्ध हुनेछन् ।

हाल होटल निर्माणको काम शुरु भइसकेको छ भने यो होटल सन् २०२४ देखि सञ्चालनमा ल्याउने लक्ष्य समेत लिइएको छ ।
कर्मा समूहको लगानीमा हाल नक्सालमा मोमो कर्मा रेष्टुराँ, केटीएम इन्टरटेइन्मेन्ट, काठमाडौं भ्याली स्कुल पनि सञ्चालनमा छन् ।

मेरिडियन अपार्टमेन्ट पनि बन्दै
कर्मा ग्रुपको लगानीमा राजधानीमा अपार्टमेन्ट पनि निर्माण हुँदैछ । ८० युनिट रहने सुविधासम्पन्न अपार्टमेन्टमा जीम र साउनका साथै, स्वीमिङ पुल, कम्युनिटी हल, बगैँचा समेत निर्माण हुनेछ ।

कम्पनीका अनुसार सन् २०२१ को अक्टोबरमा अपार्टमेन्टको बुकिङ खुला गर्ने तयारी भइरहेको छ ।


क्लिकमान्डु