भैंसेपाटीमा सीजी होल्डिङ्सले बनाउँदै छ सुविधायुक्त भिल्ला, यस्ता हुनेछन सुविधा



काठमाडौं । ललितपुरको भैंसेपाटीमा सीजी होल्डिङ्सले सुविधायुक्त भिल्ला निर्माण गरिरहेको छ । कम्पनीले भैंसीपाटीमा मात्रै नभएर सुनकोठीमा आफ्नो हाउजिङ बनाइरहेको छ ।

कम्पनीले यसअघि हाउजिङ बनाए पनि भैंसीपाटीमा भने हालसम्मकै उच्च सुविधायुक्त र महंगो भिल्ला बनाउन लागेको हो ।

उच्च सुविधायुक्त डिजाइनसहित निर्माण शुरु गरेको हाउजिङ ३ तला र ४ तले भिल्ला बन्नेछन् । सिजीले हाउजिङमा पहिलो प्राथमिकता जग्गामा दिएको छ । सामान्यतया साढे २ देखि ४ तलाको घर निर्माण गर्दा ३ वा ४ आनामा निर्माण गर्ने गरिन्छ । तर सिजीले भने साढे २ तल्लाको हाउजिङ निर्माण गर्दा एउटै घरमा ६ आना बढी क्षेत्रफल छुट्टाइएको छ ।

साथै, सीजीले ६ आनादेखि १० आना क्षेत्रफलमा ९ वटा घर बनाइरहेको जनाएको छ । कम्पनीले निर्माण गरिरहेको हाउजिङमा ग्रेडअनुसार छुट्टाइएको छ । जसमा ग्रेडअनुसार नै निर्माण हुने भएको छ । उक्त निर्माण भइरहेको हाउजिङ २५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको कम्पनीको भनाइ छ ।

यस्तो हुनेछ सुविधा ?
कम्पनीले हालसम्मकै उच्च सुविधायुक्त हाउजिङ बनाइरहेको छ । त्यसमा हरेक भिल्लामा सम्पूर्ण सेवासुविधाको व्यवस्था हुने कम्पनीले जनाएको छ । उक्त निर्माण भइरहेको हाउजिङ्मा पर्याप्त स्पेस हुनेछ ।

हाउजिङमा व्यवस्थित निजी गार्डेनका साथै लिभिङ रुमसहित होम थिएटर, बारलगायत सुविधा हुनेछन् ।

साथै हाउजिङमा ग्राउन्डवाटर रिप्लेनिसिङ टेक्नोलोजी जडान हुने कम्पनीले जनाएको छ । हाउजिङमा होम अटोमेसन सिस्टम हुनेछ । त्यसमा कोठामा लक्जरियस बेडरुम र राम्रो फर्निसिङ हुने जनाएको छ ।

कुन तल्लामा के सुविधा ?
कम्पनीले टाइप ‘ए’ देखि ‘एफ’ सम्म ९ वटा भिल्ला निर्माण गर्नेछ । त्यसमा कम्पनीले ‘ए’ देखि ‘एफ’ सम्मको घरघरको आ–आफ्नै विशेषता रहेको बताएको छ ।

हाउजिङ टाइप ए र टाइप बीको भिल्ला ६.३२ आनामा बन्ने छन् । उक्त घरमा ग्राउन्ड फ्लोरमा डाइनिङ, लिभिङ, किचन, स्टोर, ट्वाइलेट, बेड रुम र दुईवटा कार पार्किङ्को व्यवस्था हुनेछ । सो भिल्लाको पहिलो तल्लामा ३ वटा बेडरुम, ३ वटा ट्वाइलेट, फेमली लाउन्ज रुम हुनेछ । दोस्रो तल्लामा पुजा कोठा, बेडरुपमा र व्यायामशाला हुनेछ ।

टाइप सीका भिल्लाहरू भने ६.९० आनामा बन्नेछ । सो भिल्लामा पहिलो तल्लामा डाइनिङ कोठा, किचन, लिभिङ रुम रहनेछ । दोस्रो तल्लामा मास्टर बेडरुमसहित अन्य २ वटा कोठा हुनेछ भने तेस्रो तल्लामा पुजा कोठा, ट्वाइलेट र बेडरुमको व्यवस्था हुनेछ ।

टाइप डीको घर भने १० आना जग्गामा निर्माण हुनेछ । सो घरको पहिलो तल्लामा स्टोर रुम, डाइनिङ, किचेनको व्यवस्था हुनेछ । दोस्रो तल्लामा टाइप १ को जस्तै मास्टर बेडरुमसहितको अन्य व्यवस्था हुनेछ । त्यस्तै तेस्रो तल्लामा भने बार र लाउन्ज र होम थियटर रहने कम्पनीले जनाएको छ । त्यसैगरी टाइप ‘इ’ को घर ९ आना र टाइप ‘एफ’ ६.६ को निर्माण हुने भएको छ ।

जसमा टाइप सी, डी, ई र एफका घरहरू सेमी बेसमेन्टसहित चार तल्लाका छन् । सो घरहरूमा होम थिएटर, बार एन्ड लाउन्ज, लबी रुम, मेडरुम हुनेछन् । उक्त निर्माण भइरहेको घरहरूमा प्रत्येक तल्लामा बाल्कोनी, लाउन्ड्री, व्यायामशालासहित टेरेसको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

हाल उक्त निर्माण भइरहेको भिल्लाको बुकिङ खुल्ला गरिसकेको छ । त्यसमा कम्पनीले भिल्ला अनुसार मूल्य पनि फरक फरक तोकेको सीजी होल्डिङ्ले जानकारी दिएको छ । साथै, सीजीले हालसम्मकै उच्च सुविधायुक्त हाउजिङ कम्पनीको दावी छ ।


अरिष्मा मोक्तान