चिप्स नभएपछि टोयोटाले ४०% उत्पादन कटौती गर्दै, शेयर बजारमा गिरावट



एजेन्सी । विश्वव्यापी रुपमा चिप्स अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती भएको छ । सो सम्बन्धी जानकारीसहितको समाचार जापानको निकी दैनिकले सार्वजनिक गरेको छ ।

विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब ९ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग ५ हजारमा संशोधन गरिएको निकीले बताएको छ । यद्यपि निकीले यो भनाइ पुष्टि गर्न कुनै आधिकारिक स्रोतलाई उदृत गरेको भने छैन ।

निकीका अनुसार दक्षिणपूर्वी एसियामा कोरोनाभाइरसको ‘डेल्टा भेरियन्ट’को संक्रमण बिस्तारले टोयोटाका केही पूर्जाको खरिदमा पनि असर गरेको छ । टोयोटाले यस समाचारलाई लिएर तुरुन्तै कुनै प्रतिक्रिया जनाएको छैन ।

पूर्जा अभावका कारण जापानी विशाल मोटर्स कम्पनीका प्रतिद्वन्द्वी पनि उत्पादनलाई ढिलो वा अस्थायीरूपमा रोक्न बाध्य भएका बताइएको छ । आधुनिक कारको इलेक्ट्रोनिक्स प्रणालीको लागि माइक्रोचिप अत्यावश्यक छ । यसको गत वर्षको अन्त्यदेखि अभाव भएको छ ।

महामारीका कारण कार निर्माताले कारको माग आदेशलाई पछि धकेलेको बताएका छन् । चिप निर्माताले उत्पादन उपभोक्तालाई इलेक्ट्रोनिक्समा सारेका छन् किनभने मानिसले घरमा काम गर्न र आराम गर्न उपकरणको आवश्यक हुन्छ ।

महामारीका कारण कामदारको अभाव र चीन–अमेरिका व्यापार विवादको प्रभावलगायतका कारणले उत्पादन कमी भएको तर सवारीसाधनको माग भने बढेको कार निर्माण कम्पनीले बताएका छन् ।

आगामी महिनाको शुरुदेखि टोयोटाले विभिन्न जापानी कारखानामा सञ्चालन निलम्बन गर्नेछ र उत्तर अमेरिका, चीन र युरोपमा आफ्ना गाडीको मागलाई पछि धकेल्ने सोचमा टोयोटा रहेको निकीले बताएको छ ।

चिप्स अभाव र अन्य भाइरसजन्य आपूर्तिसमस्याले टोयोटाका जापानी कारखानामा धेरै पटक छोटो अवधिका लागि उत्पादन कार्यलाई रोकिसकिएको छ ।

कम्पनीले यस महिनाको शुरुतिर सार्वजनिक तथ्यांकमा पहिलो त्रैमासिकमा खुद मुनाफा बढेका जनाएको छ र यसको कारक कोभिड–१९ संक्रमणको विश्वव्यापी संक्रमण दरमा आएको कमीलाई मानेको छ ।

निकीका अनुसार बिहीबार टोयोटाको शेयर ४.४२ प्रतिशत घटेर ९ हजार २९५ पुगेको छ ।


पुष्प दुलाल