बहुआयामिक गरिबी एक वर्षमै ११% ले घटेर १७.४% मा झर्यो
काठमाडौं । नेपालमा सन् २०१९ मा बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या १७.४ प्रतिशत झरेको छ ।
राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको बहुआयामिक गरिबी सूचक प्रतिवेदन २०१९ (मल्टिडाइमेनसनल पोभर्टी इन्डेक्स २०१९) अनुसार १७.४ प्रतिशत मानिस गरिबी रेखामुनी रहेको देखिएको हो ।
सन् २०१८ मा २८.६ प्रतिशत मानिस बहुआयामिक गरिबीको रेखामुनी रहेका थिए ।
आयोगको प्रतिवेदनअनुसार ग्रामीण भेगका २८ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी छन् भने सहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी छन् ।
यस्तो गरिबीको दर सबैभन्दा धेरै कर्णाली प्रदेशमा देखिएको ३९.५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २५.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनी देखिएको छ ।
१५औं पञ्चवर्षिय आवधिक योजनाले आर्थिक वर्ष २०८०/८१ सम्ममा बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।