हितेन्द्रले दायर गरेको कुलमान विरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ विरुद्ध दायर गरेको रिटको आज सुनुवाई हुँदैछ । रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई हुँदैछ ।

शाक्यले आफ्नो सहमति बिना नै थाहै नदिइ आफ्नो पदमा घिसिङलाई सरकारले नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
आफूले राजीनामा नदिएको र सरकारले कुलमानलाई नियुक्त गरेको भन्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

उनले आफ्नो सहमति बिना नै जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र कुलमान घिसिङलाई आफ्नो पदाधिकार नटुटेको र कायम रहेको प्राधिकरणको कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गलत भएको दावी गर्दै रिट दायर गरेका थिए ।


पुष्प दुलाल