वाणिज्य बैंकको लाभांश क्षमता औसतमा १४.८१%, एसबीआई सबैभन्दा कमजोर, कुन बैंकको कति ?



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चालु आवमा वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने औषत लाभांश १४.८१ प्रतिशत रहने देखिएको छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

जसअनुसार २७ वटा बैंकले औसतमा १४.८१ प्रतिशत लाभांश गत वर्षको नाफाबाट दिन सक्ने क्षमता राख्छन् । वित्तीय विवरणअनुसार गत आवको नाफाबाट ३.५४ प्रतिशतदेखि ४९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बैंकहरुले राख्छन् ।

राष्ट्र बैंकले २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत वर्षको आम्दानीमा लेखांकन गर्न सक्ने सुविधा दिएको छ । यो आधारमा भदौ १५ गतेसम्म ब्याज उठेमा पनि लाभांश रकम थप बढ्छ ।

यसबाहेक बैंकहरुले गत अघिल्लो आवमा कमाएको पैसाबाट र जगेडामा राखेको पैसाबाट समेत लाभांश दिनसक्ने व्यवस्था छ । त्यसैले अनुमानित लाभांश क्षमता बैंकहरुले वितरण गर्ने वास्तविक लाभांशमा केही फरक पर्न सक्छ ।

राष्ट्रिय वाणिज्यः गत वर्षको नाफाबाट सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले लाभांश दिने क्षमता राख्छ । गत आवमा बैंकले ४ अर्ब ५२ करोड २४ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको कायम चुक्ता पुँजी ९ अर्ब १८ करोड ४८ लाख रुपैयाँको आधारमा बैंकले सेयर धनीलाई ४९.२४ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ । यद्यपि राष्ट्र वाणिज्य बैंक पूर्ण सरकारको लगानीको बैंक भएको हुँदा यसको लाभांश क्षमताले सर्वसाधारणलाई प्रभाव पार्दैन ।

नबिल बैंकः बैंकले गत आवमा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई करिब ३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल बैंक: हालसम्म सार्वजनिक बैंकहरुको तथ्यांक अनुसार निजी क्षेत्रको लगानीमा रहेको बैंकमध्ये सबैभन्दा बढी नेपाल बैंकले लाभांश दिनसक्ने देखिन्छ । यद्यपि बैंकमा ५१ प्रतिशतमात्र सर्वसाधारणको लगानी छ भने ४९ प्रतिशत सरकारको लगानी छ । बैंकले गत आवमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २७.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एभरेष्ट बैंक: शतप्रतिशत निजी क्षेत्रको लगानी रहेको गत आवमा बैंकले २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले २६.४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

हिमालयन बैंक: गत आवमा बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले २०.३१ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

सानिमा बैंक: गत आवमा बैंकले १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ हो । जस अनुसार गत आवको नाफाबाट बैंकले १७.४५ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एनआइसी एशिया बैंक: गत आवमा बैंकले १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले १६.६२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

प्राइम बैंक: बैंकले गत आवमा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल बंगलादेश बैंक: बैंकले गत आवमा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनएमबि बैंक: बैंकले गत आवमा २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक: बैंकले गत आवमा १ अर्ब १७ करोड १७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सिटिजन्स बैंक: बैंकले गत आवमा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

प्रभु बैंक: बैंकले गत आवमा १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.०६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

ग्लोबल आईएमई बैंकः बैंकले गत आवमा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

माछापुच्छ्रे बैंक: बैंकले गत आवमा १ अर्ब १३ करोड २७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.५१ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक: बैंकले गत आवमा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

बैंक अफ काठमाडू्: बैंकले गत आवमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सिद्धार्थ बैंक: बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.११ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कृषि विकास बैंक: बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

मेगा बैंक: बैंकले गत आवमा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

लक्ष्मी बैंक: बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९.३८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कुमारी बैंक: बैंकले गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.८८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एनसीसी बैंक: बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सेञ्चुरी बैंकः बैंकले गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.५८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सनराइज बैंकः बैंकले गत आवमा ६० करोड १५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.३४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सिभिल बैंक: बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल एसबीआई बैंक: बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ३.५७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।


क्लिकमान्डु