सगरमाथा इन्स्योरेन्सको नाफा १८.५८% ले बढ्यो



काठमाडौं । जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा ४५ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३८ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा २ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ११ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ५ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ४ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १७ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्र्जा तथा अन्य क्षेत्रमा लगानी गरी ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १ अर्ब ३३ करोड २३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ४ करोड ८० लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा, प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ २६ पैसा, पिई रेसियो ३३.०८ गुणा, प्रतिसेयर कुल सम्पत्ति ४८४ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु