ज्योति लाइफ इन्स्योरेन्सको नाफा ८०.५१ % ले बढ्यो



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आव २०७७/७८ मा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ७ करोड २० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७÷७८ मा ६ अर्ब ३० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ३ अर्ब १९ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड ५८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १४ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १५ करोड २५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २ करोड ७९ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ४६ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा(वार्षिक), प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३१ पैसा, पिई रेसियो १२६.०६ गुणा, प्रतिसेयर कुल सम्पत्ति ३३३ रुपैयाँ ३६ पैसा रहेको छ ।


क्लिकमान्डु