एनएलजी इन्स्योरेन्सको नाफा २५.४८%ले बढ्यो



काठमाडौं । एनएलजी इन्स्योरेन्सले २५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले आव २०७७/७८ मा २ अर्ब ८ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जबकी कम्पनीको अघिल्लो आवमा कुल बीमाशुल्क आर्जन १ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ थियो ।

१ अर्ब ९ करोड ६३ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ६८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५ करोड ३ लाख रुपैयाँ छ ।

कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ९ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ७ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले कुल १ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।

यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ६ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसा, प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ १४ पैसा, पिई रेसियो ५२.०२ गुणा, प्रतिसेयर कुल सम्पत्ति ३६४ रुपैयाँ ५८ पैसा छ ।


क्लिकमान्डु