एशियन लाइफ इन्स्योरेन्सको नाफा ३९.८५% ले बढ्यो



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले २५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १८ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा ५ अर्ब ९१ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८९ करोड ९२ लाख रुपैयाँ, जीवन बीमा कोषमा २६ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ अर्ब ६ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले २ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ४ करोड ८० लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत ७१ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा (वार्षिक), प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ २४ पैसा, पिई रेसियो १०६.५७ गुणा, प्रतिसेयर कुल सम्पत्ति १५२३ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु