प्रभु लाइफ इन्स्योरेन्सको नाफा २८३.४७% ले बढ्यो



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको नाफा २८३.४७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत आवमा १७ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीले आव २०७७/७८ मा १ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा १ अर्ब १९ करोड रुपैयाँ थियो ।

चुक्तापूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ५५ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ९४ करोड ७ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ९० लाख रुपैयाँ छ ।

कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २४ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी, कम्पनीले कुल १० करोड ५३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने १ करोड २८ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ । साथै, कम्पनीले अभिकर्ता कमिसन वापत २२ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीले कर्मचारी बोनस व्यवस्थाका लागि १८ करोड ९ लाख रुपैयाँ रुपैयाँ छट्याएको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ २३ पैसा, पिई रेसियो ८८.३८, प्रतिसेयर कुल सम्पत्ति २१८ रुपैयाँ २६ पैसा छ ।


क्लिकमान्डु