सानिमा लाइफ इन्स्योरेन्सको नाफा २०.३७% ले बढ्यो



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा ८ करोड ५३ लाख रुपैयाँ नाफा रहेकोमा कम्पनीले गत आवमा१० करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले गत आव २०७७/७८ मा १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ८३ करोड ८७ लाख रुपैयाँ थियो ।

चुक्ता पूँजीमा १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ७७ लाख रुपैयाँ र जीवन बीमा कोषमा २ अर्ब १० करोड २० लाख रुपैयाँ छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १३ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा गरी ७ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

साथै, कम्पनीले १० करोड १३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले अभिकर्ता कमिसन वापत ३४ करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु