अब सहकारी र लघुवित्त संस्थामा विद्युतीय भुक्तानी



काठमाडौं । सहकारी संस्था तथा लघुवित्त संस्थाहरु पनि विद्युतिय भुक्तानी प्रणालीमा जानु पर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सहकारी र लघुवित्तमा पनि विद्युतिय भुक्तानीमा प्रोत्साहन गरिने उल्लेख गरेको हो ।

भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गरिनेछ सार्वजनिक मौद्रिक नीतिमा भनिएको छ ।

साथै, नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी संस्थाहरुमा समेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय गरिनेछ ।


क्लिकमान्डु