प्राइम लाइफको खुद नाफा पौने ३१ करोड रुपैयाँ बढी



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा ३.२५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २९ करोड ८५ लाख रुपैयाँखुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा ३० करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीद्वारा सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको जीवन बीमा कोषमा १४ करोड ६९ लाख ५७ हजार रुपैयाँ मौज्दात रहेको छ । जुन अघिल्लो आवको तुलनामा २८.०५ प्रतिशत थप हो ।

अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा ११ करोड ४७ लाख ६६ हजार रुपैयाँ मौज्दात थियो । साथै, सो अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ, जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ५१ लाख रुपैयाँ मौज्दात छ ।

यसैगरी, कम्पनीले गत आवमा ३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको कम्पनीले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । सो अवधिमा कम्पनीले कुल १ अर्ब २१ करोड ११ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने, कुल ८५ लाख ९३ हजार रुपैयाँ दावी भुक्तानी हुन बाँकी छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ०७ पैसा, मूल्य आम्दानी अनुपात ७४.८० गुणा र प्रतिसेयर कुल सम्पती ७ सय ९१ रुपैयाँ ७३ पैसा रहेको छ ।


क्लिकमान्डु