हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो, अघिल्लो वर्षभन्दा व्यवसाय समेत कम



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको नाफा १०.३५ प्रतिशतले घटेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले प्रकाशित गरेको गतवर्षको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १५ करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा हिमालयन जनरलको नाफा १७ करोड ३५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब ३० करोड गरेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ३९ करोड रहेको थियो ।

चूत्ता पूँजीमा १ अर्ब १० करोड कम्पनीको जगेडा तथा कोषमा २४ करोड ६७ लाख ९० हजार रुपैयाँ, बीमा कोषमा ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ, महा विपक्ती कोषमा ५ करोड ११ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ११ करोड ६१ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलनामा २०.९१ प्रतिशत अर्थात ३ करोड ७ लाख २४ हजार रुपैयाँ कम हो ।

यसैगरी, कम्पनीले कुल १ अर्ब ७५ करोड ४७ लाख ५५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने ५६ करोड ५४ लाख ३५ हजार दावी भक्तानी हुन बाँकी छ । साथै, कम्पनीले अभिकर्ता कमिसन वापत १ करोड ८० लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ १४ पैसा, प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा, पि. ई. अनुपात ५४.३२ गुणा, प्रति सेयर कुल सम्पत्ति २५३ रुपैयाँ ४७ पैसा रहेको छ ।


क्लिकमान्डु