नेपाल बैंकको खुद नाफा ३१.४०%ले बढ्यो, सबै सूचक सकारात्मक



काठमाडौं । नेपाल बैंकको खुद नाफा ३१.४० प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३३ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

जसमा बैंकले ७३ करोड २५ लाख रुपैयाँ थप गरी गत आवमा ३ अर्ब ६ करोड ५४ लाख खुद नाफा कमाएको हो ।

बैंकद्वारा सार्वजनिक गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ । हाल बैंकको कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ हो ।

जसको आधारमा बै.कले गत आवमो नाफाबाट सेयरधनीलाई २७.६७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्छ । अघिल्ला आवमा बैंकले गरेको प्रोभिजन राइट ब्याक हुँदा वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी हुन गएको हो ।

यसैगरी, सो अवधिमा बैंकले १ खर्ब ६२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ६ अर्ब ४६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.९८ प्रतिशत बढी हो ।

अघिल्लो आवमा बैंकले ५ अर्ब ६१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै सो अवधिमा बैंकको खुद सञ्चालन आम्दानी २४.१० प्रतिशतले वृद्धि भएर ७ अर्ब ८० करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा बैंककको यस्तो आम्दानी ६ अर्ब २९ करोड २२ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २.१० प्रतिशत, बेसरेट ५.७३ प्रतिशत, स्प्रेडरेट ४.४३ प्रतिशत र कष्ट अफ फण्ड १७.९१ प्रतिशत छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात १८.२६ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ६३ रुपैयाँ १९ पैसा र तरलता अनुपात २६.८१ प्रतिशत छ ।


क्लिकमान्डु