प्रसिद्ध चेन रेष्टुराँ नाङ्ग्लोका मालिक श्याम कक्षपतिको निधन



काठमाडौं । नाङ्ग्लो रेष्टुराँका सञ्चालक श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । प्रसिद्ध व्यवसायी कक्षपतिको सोमबार निधनभएको हो ।

लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहेका कक्षपतिको बैंककको एक अस्पतालमा निधन भएको हो । कक्षपति शुभतारा स्कुलका संस्थापक समेत हुन् । कोरोनाका कारण समस्या सिर्जना भएपछि केही समय अघि विद्यालय बन्द गर्ने उनको परिवारले निर्णय गरेको थियो ।
दरबारमार्गमा ४५ वर्षअघि कक्षपतिले नाङ्ग्लो शुरु गरेका थिए । नेपाली समाजमा रेष्टुराँमा गएर खाना खाने संस्कार सिकाउने श्रेय पनि कक्षपतिलाई जान्छ ।

नाङ्ग्लो रेष्टुराँको देशभरी विभिन्न स्थानमा रेष्टुराँको शाखा बिस्तार गरेको छ । काठमाडौंका विभिन्न स्थानका साथै बुटबल, तानसेनमासमेत शाखा बिस्तार गरिसकेको छ ।

दरबारमार्गको क्याफेमा श्याम कक्षपतिको ५० प्रतिशत, गोपाल कक्षपतिकी श्रीमतिको नाममा ४० प्रतिशत र उनीहरुको आमाको नाममा १०प्रतिशत सेयर थियो ।

श्याम (दाइ)ले बुटवल, तानसेन, बेनीलगायत स्थानमा एकल लगानीमा व्यापार थालेका थिए भने गोपाल (भाइ)ले पनि एकल लगानीमाकाठमाडौंको न्यूरोड, ललितपुरको कुपण्डोल तथा विराटनगरमा व्यवसाय गर्ने शुरु गरेका थिए ।

कक्षपति हानका पूर्वअध्यक्ष समेत हुन् ।


क्लिकमान्डु