आविष्कार केन्द्रले टेल्जीको स्कुटर स्कुटरमाथि अनुसन्धान गर्ने



काठमाडौं । नेपालका लागि टेल्जी इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले राष्ट्रिय आविष्कार केन्द्रलाई स्कुटर हस्तान्तरण गरको छ ।

कम्पनीले आफ्नो स्थापनाको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो ।

गत वर्षको लकडाउनकाबीच नेपाली बजारमा आधिकारिक बिक्री शुरु गरेको कम्पनीले पहिलो वर्ष लक्ष्य अनुरुप इलक्ट्रिक स्कुटरको बिक्री गर्न सफल भएको जनाएको छ ।

‘शुरुवाती चरणदेखि नै आविष्कार केन्द्रसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौ, यसै क्रममा पहिलो वार्षिक उत्सवको अवसरमा टेल्जी लायन स्कुटर आविष्कार केन्द्रलाई प्रदान गरेका छौं,’ टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले भने, ‘अब आविष्कार केन्द्रले टेल्जी स्कुटरलाई नेपाली भूगोल सुहाउँदो बनाउन थप अनुसन्धान गर्नेछ ।

टेल्जी नेपालले तीन मोडलका इलेक्ट्रिक स्कुटरको बिक्री गर्दै आएको छ । कम्पनीले टेल्जी लियोपार्ड, लायन र टाइगरको विक्री गर्दै आएको हो ।

यस्ता छन् तीन मोडल

टेल्जी लियोपार्ड
लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर एक पटककोे फुलचार्ज गरिसकेपछि १३० किलोमिटरसम्म गुड्न सक्छ । यस इलेक्ट्रिक स्कुटरको ब्याट्री एक पटक फूल चार्ज गर्न ५ घन्टा लाग्छ ।

टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ । टेल्जी लियोपार्ड खरिद गर्न चाहने ग्राहकले भने केही समय प्रतिक्षा गनुपर्ने कम्पनीले बताएको छ । हाल स्टक सकिएका कारण नयाँ स्टक आउनका लागि केही समय लाग्नेछ ।

टेल्जी लायन
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । टेल्जी लायनको मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

टेल्जी टाइगर
यस्तै टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । यी स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । टाइगर स्कुटरको मूल्य १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
टेल्जीका स्कुटरहरुमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

यी तीनै स्कुटरमा कम्पनीले नगद २० हजार रुपैयाँ छुट प्रदान गर्ने जनाएको छ । कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा साउन महिनासम्म हरेक स्कुटरमा २० हजार नगद छुट दिने जानकारी दिएको छ । त्यसैगरी ग्राहकले कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । हरेक एक्सचेन्जमा बजार मूल्यमा १५ हजार थप मूल्याङकन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु