जलविद्युतमा लगानीकर्ताको आकर्षण, ६ कम्पनीको सेयरमा पोजेटिभ सर्किट



काठमाडौं । उतारचढावका बीच आइतकार नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ ।

आइतबारको कारोबारमा उतारचढावका बीच ०.६६ अंकले बढेर परिसूचक ३१०८.१२ अंकमा पुगेको छ । यो दिन २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् उपसमूहमा ३.३३ प्रतिशतको वृद्धि देखिएको छ ।

यो दिन ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा अपि पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त नगाडी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।


क्लिकमान्डु