यी हुन् काठमाडौं महानगरलाई कर नतिर्ने ५२ करदाता



काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षैदेखि घर जग्गा तथा सम्पत्ति कर नबुझाउनेलाई ताकेता गर्न शुरु गरेको छ ।

महानगरको राजश्व विभागले घर जग्गा तथा सम्पत्ति कर नबुझाउनेहरुको नामावली सार्वजनिक गर्दै कर बुझाउन आह्वान गरेको हो । राजश्व विभाग प्रमुख शिवराज अधिकारीले ठूला व्यवसायिक समूहले महानगरलाई करिब ७० करोड रुपैयाँ बराबरको घर जग्गा तथा सम्पत्ति कर बुझाउन बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार ७२ संस्थाले महानगरलाई करिब ७० करोड रुपैयाँ कर तिर्न बाँकी छ ।

महानगरले साउन १३ गते घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको घर र कार्यस्थलमा राजस्व विभागले माइकिङ शुरु गरेको थियो । महानगरले ती करदात तिर्न आउन भनेर असार १६ गते ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

‘ठूला व्यवसायी समूहले महानगरलाई वर्षैदेखि कर बुझाएका छैनन्,’ डा. अधिकारीले भने, ‘सम्बन्धित वडा कार्यालयबाट पटक पटक कर बुझाउन पत्रचार गर्दा समेत अटेर गरिराख्नु भएको छ, ती व्यवसायीहरुको हेपहा प्रवित्तीले गर्दा नियमति कर बुझाउने सेवाग्राहीमा नकारात्मक सन्देश गएको छ ।’

विभागले सार्वजनिक सूचना प्रकाशित गरी ३० दिनभित्र काठमाडौं महानगरको राजश्व विभाग वा सम्बन्धित वडा कार्यालयमार्फत् कर बुझाउन अनुरोध गरेको छ । ३० दिनभित्र कर नबुझाए महानगरको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गरिनेछ । साथै सम्पत्ति रोक्का गर्ने लगायतको कार्यगरी तिर्न बाँकी रकम असुल गर्न कानुनी प्रक्रिया अघि बढाउने महानगरले जानकारी दिएको छ ।


क्लिकमान्डु