प्रि-ओपनिङमा १५.८९ अंकले बढ्यो नेप्से, ६२ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १५.८९ अंकले बढेर ३१२६.९९ अंक पुगेको छ ।

प्रि-ओपनिङमा ७३ वटा कम्पनीको कारोबार भएको छ । जसमा ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रोग्रेसिभ फाइनान्स, रसुवागढी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, अग्र्रिकल्चर डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, वोमि माइक्रोफाइनानस , महिला लघुवित्त, मेरो माइक्रोफाइनान्स, छिमेक जलविद्युतलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु