टीभीएस बीएस-६ कम्प्लयान्स अब पोखरामा



काठमाडौं । टीभीएस मोटर कम्पनीले मंगलबार बीएस–६ कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल ईन्जेक्शन(आरटीएफआई) पोखरामा सार्वजनिक गरेको छ ।

बतास ब्रदर्स प्रालिको शोरूममा स्कुटरको सार्वजनिक गरिएको हो ।

टीभीएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो । यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ ।

स्कुटरले टीभीएस रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको गर्व गर्दछ र स्मार्टकनेक्टलाई प्रस्तुत गर्दछ । जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अन्य टीभीएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ ।

स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे«न्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्टलगायतका मल्टि राइड स्टाटिस्टिक मोडलगायत सुविधाहरूलाई समेटेको छ ।

टीभीएस एनटर्क १२५ ५ भेरियन्ट भेरियन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बीएस–६ एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन (बीएस-६ सहित) रातो-कालो र पहेँलो-कालो रंगमा उपलब्ध छ । सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध छ ।


क्लिकमान्डु