सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आजदेखि, कति भर्ने ?



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । 

कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको  ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  आइपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओ निष्कासन छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ ।


क्लिकमान्डु