चेम्बरको पर्यटन प्रवर्द्धन समितिका सदस्यलाई मनोनयनपत्र प्रदान



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत अर्जुन शर्माको सभापतित्वमा गठिन पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति कार्यसमितीका सदस्यलाई मनोनयनपत्र प्रदान गरिएको छ ।

सदस्यहरु दीपकराज जोशी, हिक्मत सिंह ऐर, बिनय बस्नेत, युवराज श्रेष्ठ, खुम बहादुर सुवेदी, जनकराज कालाखेती, बिक्रम पाण्डे, हरिप्रसाद धरेल, देवचन्द्रलाल कर्णलाई मनोनयन पत्र प्रदान गरिएको हो ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढी प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रसँग आवद्ध सबै निकायहरु लाग्नु पर्ने बताए ।

उनले समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हाशिल गरेकाहरुको प्रतिनिधित्व भएकाले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरे ।


क्लिकमान्डु